नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्युठानको जूम्री बजार चोकबाट सुरु गरेको छ । सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ । सरल र मर्मस्पर्शी सडक नाटक कार्यक्रमले स्थानीय स्तरमा आम नागरिकको घरदैलोमै पुगेर बीमाको महत्व तथा जागरणमा उल्लेखनीय भूमिका निभाउने कम्पनीको विश्वास मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको निर्देशन अन