काठमाण्डाै – नुवाकोटको बञ्चरेडाँडाका स्थानीयवासीले आज बुधवार पनि काठमाण्डौबाट फोहर बोकेर गएका गाडीलाई अवरोध गरेका छन् । बिहान काठमाण्डौको फोहर बोकेर नुवाकोटको बञ्चरेडाँडा ल्यान्डफिल साइटतर्फ गएका डेढ सय वटा टिपरलाई स्थानीयवासीले रोकेका हुन् । दिनभर टिपर बञ्चरेडाँडा वरपर रोकिएका थिए, बेलुकासम्म पनि प्रहरी र स्थानीयवासीबीचको झडप मत्थर नभएपछि टिपर फोहर बोकेरै काठमाण्डौ फर्किएकाे काठमाण्डाै महानगरपालिकाका इन्जिनियर शंकरदीप श्रेष्ठले जानकारी दिनुभयो । बञ्चरेडाँडाका स्थानीयवासी र प्रहरीबीच फोहर फ्याँक्ने विषयम...