बिहिबार दिउँसो रुपन्देहीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको देवदह नगरपालिका–६ गिद्दभिरस्थित सडकमा लु २ ख ५९५० नम्बरको टिपर दुर्घटना हुँदा टिपर चालक नवलपरासी सुनौल नगरपालिका–१० हसनापुर बस्ने ५० वर्षीय रामु कुँवरको घटनास्थलमै मृत्यु भएको हो । टिपर अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।