धनुषामा निषेधाज्ञा एक साताका लागि लम्ब्याइने भएको छ । स्थानीय प्रशासनले निषेधाज्ञाआंशिक खुकुलो गर्ने निर्णयसहित एक हप्ता लम्ब्याइएको हो । जिल्लामा योसहित सातौं पटक निषेधाज्ञाको समयावधि थपिएको छ । जिल्ला संकट व्यवस्थापन समिति धनुषाको सोमबार बसेको बैठकले आगामी असार १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई जारी राख्ने निर्णय गरेको हो । एक हप्ता निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । बास्तोलाले आवश्यकीय पसलहरु बिहानदेखि दिउ