पछिल्ला थुप्रै दशकमा रुसका ओलिगार्क (कुलीन वर्ग) ले अर्बौँ डलरको अवैध आयलाई विदेश पठाएका छन् । यस्तो गरेर उनीहरूले यसबारे पत्ता लगाउन मुस्किल बनाइदिएका छन् । युक्रेनमा रुसको हमलापछि संसारका थुप्रै देश यो ‘डार्क मनी’ खोज्नका लागि नयाँ प्रतिबन्ध र कानुनको सहारा लिइरहेका छन् । उनीहरूको यो कदमले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका नजिक भएका यी ओलिगार्कलाई हानी हुने सम्भावना छ । विश्वभर रुसको कति ‘डार्क मनी’ छ ? अमेरिकाको एउटा थिंक ट्याङ्क अटलान्टिक क