काँग्रेस सिन्धुली : सभापतिमा संस्थापन इतर पक्षका उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुँदै

नेपाली काँग्रेस सिन्धुली सभापतिमा संस्थापन पक्षका उम्मेदवार पराजित भएका छन् । शनिबारबाट सुरु भएको अधिवेशन अन्तर्गत सभापति पदका लागि संस्थापन र इतर पक्षका गरी ५ जनाले उम्मेदवारी दिएका थिए । उनीहरू बीच आइतबार मतदान भएकोमा संस्थापन इतर पक्षका २ जना उम्मेदवारहरूले बढी मत पाए  ।नेपाली काँग्रेस सिन्धुलीको सभापतिको लागि संस्थापन इतर पक्षबाट उज्ज्वलप्रसाद बराल र उपेन्द्र कुमार पोखरेलले उम्मेदवारी दिएका थिए भने संस्थापन पक्षबाट प्रेमचन्द्र दाहालले उम्मेदवारी दिएका थिए । त्यस्तै संस्थापन इतर पक्ष निक