काठमाडौं – विश्वभर नयाँ कोरोना संक्रमित थपिनेभन्दा निको हुने संख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा १७ लाख ४९ हजार नयाँ संक्रमित थपिएका छन् भने २४ लाख ५८ हजार ६३६ जना निको भएका छन्। कोरोनाको तथ्यांक अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार योसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ३९ करोड ७८ लाख ७६ हजार नाघेको छ। […]