शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । अस्पतालका डा. श्रवणकुमार मण्डलका अनुसार बर्खा लागेसँगै उक्त अस्पतालमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । बैशाख महिना यता अस्पतालमा प्रत्येक दिनजसो सर्पदंशका बिरामी आइरहेका छन् । कहिलेकाहिँ एकै दिन सात जनासम्म सर्पदंशका बिरामी उपचारका लागि अस्पताल पुगेको देखिन्छ ।अस्पताल पुग्न ढिलाई नगरौंडा. मण्डलका अनुसार सर्पदंशका बिरामी उपचारका लागि अस्पताल ढिलो पुग्ने गरेका छन् । यसले स्वास्थ्यमा जटिल समस्या आउनुका साथै ज्