काठमाडौं। गठबन्धन दलहरु प्रदेश सभाको सिटबाँटफाँट टुंगो नगर्दै समानुपातिक नाम टुंगो लगाउन कस्सिएका छन्। एमालेले तालमेलबारे तत्काल निर्णय नगर्ने भएको छ। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। साझा यातायातले ३७ वटा विद्युतीय बस चीनबाट नेपालतर्फ ल्याउँदै छ। नेपाल आयल निगमले दसैँ बिदाका समयमा आफ्ना सबै डिपो खुला रहने जनाएको छ।