दाङ – नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले आसन्न प्रतिनिधि सभा निर्वाचनमा चार जनाको नाम सिफारिस गरेको छ। पार्टीका केन्द्रीय सदस्य योगेन्द्र चौधरीसहित चार जनाको नाम प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारको लागि सिफारिस गरिएको हो। क्षेत्रीय समितिको बैठकबाट चौधरीसहित कांग्रेस नेता कृष्णकिशोर घिमिरे, प्रदीप थापा र अनुराग खड्काको नाम सिफारिस गरिएको छ।