काठमाण्डाै – यातायात व्यवस्था कार्यालय ललितपुरका तत्कालीन प्रमुखहरू सम्बरबहादुर कार्की र राजुभाई कुस्मासहित १७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन दुई जना प्रमुखसहित १२ जना कर्मचारी र पाँच जना बिचौलियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । तत्कालीन कार्यालय प्रमुखहरू कार्की र कुस्माले कर्मचारी र बिचौलियासँग मिलेर भ्रष्टचार गरेको खुलेको अख्तियारले जनाएको छ । उनीहरूले आर्थिक वर्ष २०७७/७८ र...