मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता जेठ १२ बाट हुने भएको छ । आयोजक मकवानपुर जिल्ला फुटबल संघको मंगलबार बसेको बैठकले जेठ १२ गतेबाट मकवानपुर गोल्डकप फुटबलको आयोजना गर्ने निर्णय गरेको हो । फुटबल संघको आयोजनामा हुँदै आएको मकवानपुर जिल्ला लिग र गोल्डकपको मिति तोकेर पनि तयारी नपुगेको भन्दै सारिएको थियो । गोल्डकपको लागि मकवानपुरका १० वटै स्थानीय तहले बजेट विनियोजन गर्दै आएको छ ।‘यस बर्षको मकवानपुर गोल्डकपको लागि हामीलाई सबै पालिकाले