कैलालीमा अनुमति नलिइ अवैध रुपमा मेडिकल र क्लिनिक सञ्चालन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । अनुमति नलिएका, सिफारिस गर्न नमिल्ने औषधि बिक्री, क्लिनिक सञ्चालनका सामान्य मापदण्ड पनि पूरा नगरेका गैरकानुनी रूपमा चिकित्सकीय सेवाको दुरुपयोग गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।