माइक्रोसफ्टमा साइबर आक्रमणकाे आरोप निराधार रहेको चीनको स्पष्टोक्ति

काठमाण्डाै – चीनले माइक्रोसफ्ट कम्पनीमा साइबर आक्रमण गरेको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको बताएको छ । बेलायत, अमेरिका र युरोपेली युनियनले माइक्रोसफ्टकाे सर्भरमाथि आक्रमण गरेर चीनले ३० हजारभन्दा बढी संस्थाको विवरण चोरी गरेको आरोप लगाएपछि चीनले त्यसको प्रतिवाद गरेको हो । चीनको संयुक्त सुरक्षा मन्त्रालयले विश्वको स्थिरता र सुरक्षालाई प्रभावित पार्ने गरी पश्चिममा देशले आरोप लगाएको बताएको छ । पश्चिमा देशहरूले चीनमाथि एकै पटक धेरै संस्थामा आक्रमण गरेर व्यक्तिगत विवरण र बौद्धिक सम्पत्ति...