नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र गुटगत काम गर्नेलाई कारवाही हुने बताएका छन् ।
शनिवार बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले गुटगत भेला गर्ने अगुवाहरू कारवाहीको भागिदार रहेका बताए ।
छुट्टै भेला गरिरहेका अगुवाकर्ताहरूलाई कारबाही गरेर जानुको विकल्प नरहेको ओलीले बताए । ‘त्यसका लागि विधि र पद्धति बनाउने आधार तयार गर्दैछौं,’ उनले भने, ‘भोलि विधि पुगेन भनेर विरोध नहोस् भनेर हामी सचेत छौं । पार्टीभित्र गुटगत काम गर्नेलाई कारबाही हुन्छ । उहाँहर...