साउन १४, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ ।
कम्पनीको १० लाख ४१ हजार ८२७ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । अव कम्पनीको शेयर संरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत(५१ : ४९ ) कायम भएको छ ।