काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसद् बैठकमा आफूले लगाएको पहिरनमा भएको टिप्पणीबारे आपत्ति जनाएकी छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद श्रेष्ठले आफूहरू सही बाटोमा भएकाले पहिरनबारे टिप्पणी नगर्न चेतावनी दिएकी छन्। केही दिन अगाडि संसद् बैठकमा टिसर्ट र पाइन्ट लगाएको विषयमा आलोचना भएपछि उनले चाकडीबाजबाट टाढिएर पहिरनमा होइन कर्तव्य र जिम्मेवारीमा मर्यादा खोजेर जवाफदेहिताको प्रष्ट प्रश्न सोधेर अगाडि बढेका नयाँ पुस्तामाथि यो रणनीतिक हमला भएको टिप्पणी गरिन्।&n