काठमाडौँ – एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव आउँदै छ भनेर सरकारले वृद्धभत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप लगाएका छन्। शुक्रबार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले वृद्धभत्ता पाउन सरकारले २ वर्ष उमेर घटाएर ६८ वर्ष राख्नु चुनावबाहेक अन्य कुनै कारण नभएको बताए। […]