दाङ – दाङमा पालिका चुनावका लागि उम्मेदवारी दिएकामध्ये एक सय ७६ जनाले मनाेनयन फिर्ता लिएका छन । दाङमा दुई हजार चार सय १२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।
चुनावी कार्यतालिकाअनुसार आज शुक्रवार बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताका लागि समय दिइएको थियो । त्याे समयमा उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका एक सय ७६ जनाको मनाेनयन फिर्ता स्वीकृत भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
मनाेनयन फिर्ता लिनेमा सबैभन्दा धरै तुलसीपुर उपमहानगरपालिकाका ९६ जना उम्मेदवार रहेका छन् । यस्...