तनहुँ– व्यास नगरपालिकाले अतिविपन्न, अभिभावकविहीनलगायतका त्रिचालिस बालबालिकालाई आवाससहितको शिक्षा प्रदान गर्दै आएको छ । व्यास–७ शेषमटार नरङ्गामा ‘व्यास नगर समता’ विद्यालय स्थापना गरी यही भदौदेखि पठनपाठन सञ्चालनमा ल्याएको हो । विद्यालयमा अध्ययनरत ती बालबालिकालाई निशुल्करूपमा खाना र आवासको व्यवस्था गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए । विद्यालयमा पठनपाठन सुरु गरे पनि विधिवत्रुपमा […]