सुर्खेत : कर्णाली प्रदेशमा गर्भवतीको हवाइ उद्धार कार्य प्रभावकारी देखिएको छ। यस कार्यक्रमबाट हालसम्म तीन सय ६२ जना महिलाले सेवा लिइसकेका छन्।आर्थिक वर्ष २०७५/०७६ देखि दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने जोखिम अवस्थाका महिलालाई हवाई उद्धार गर्ने उद्देश्यका साथ याे कार्यक्रम सुरु भएको।२०७५/०७६ मा २६ जना, २०७६/०७७ मा ८७ जना, २०७७/०७८ मा एक सय तीन जना सुत्केरी महिलाले यो सेवा लिएका हुन्। चालु आर्थिक वर्षको वैशाखसम्म नेपालभर स्वास्थ्य जोखिममा रहेका एक सय ४६ जना सुत्क