संखुवासभामा प्रभावकारी बन्दै गर्भवती र सुत्केरीको उद्धार

संखुवासभा । संखुवासभा जिल्लामा गर्भवती तथा सुत्केरी महिला उद्धार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । दुर्गम क्षेत्रका जटिल प्रकारका सुत्केरी तथा गर्भवतीका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई उद्धार प्रभावकारी देखिएको हो । भौगोलिक विकटताका कारण नजिकका वर्थिङ सेन्टर र स्वास्थ्यचौकीमा शल्यक्रियासहितको प्रसूति सेवा प्राप्त मात्रामा छैनन् । विशेषज्ञ चिकित्सक र पर्याप्त पूर्वाधारको अभावका कारण […] The post संखुवासभामा प्रभावकारी बन्दै गर्भवती र सुत्केरीको उद्धार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सङ्खुवासभाबाट गर्भवती र सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

जिल्ला अस्पताल, सङ्खुवासभाबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ। एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो।

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । सङ्खुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ । एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल पौडेलका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुवैजनाको उद्धार गरिएको हो । पाँचखपन नगरपालिका–३ की सुत्केरी २५ वर्षीया विना मगर र खाँदबारी नगरपालिका–११ खर्तुवाकी गर्भवती […]

सुत्केरीको उद्धार

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका – ३ कोल्वाकी १८ बर्षीया सुत्केरी मेलिना राईलाई स्वास्थ्यमा जटिल समस्या देखिएपछि बिहीबार स्टेचरमा बोकेर हेलिप्याड सम्म लैजादैँ नेपाली सेना । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको नि:शुल्क हवाई उद्धार गरिँदै आएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ११ सुत्केरीको उद्धार

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत अछामका ११ सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत जिल्लाका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी कार्यविधिअनुसार ती महिलाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए ।उनका अनुसार विसं २०७५/७६ देखि जिल्लामा सुरु भएको उक्त कार्यक्रमअन्तर्गत यही भदौ ६ गते एकै दिन दुई गर्भवतीको हवाई उद्धार गरिएसँगै हालसम्म ११ जना ज्य

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत अछामका ११ सुत्केरीको उद्धार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत जिल्लाका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी कार्यविधिअनुसार ती महिलाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए।

निषेधाज्ञाको समयमा सुत्केरीको उद्धार

जेसिआई व्यास नगरद्वारा सञ्चालित निःशुल्क एम्बुलेन्सबाट जिल्लाको ऋषिङ गाउँपालिका–१ कोइदिम निवासी तीन दिनको सुत्केरी मनीषा बरालीलाई मङ्गलबार उद्धार गरी घरसम्म लैजाने तयारी गरिँदै । जेसिआई व्यास नगरले लकडाउन अवधिभर व्यास नगर आसपास क्षेत्रका सुत्केरी, गर्भवती, अशक्त, वृद्धवृद्धाहरुमा उद्धार गरी सम्बन्धित अस्पताल या घरसम्म पुर्‍याउने अभियान अन्तरगत ६ जनाको उद्धार गरिसकेको जनाएको छ । तस्वीर : सानेबहादुर नेपाली/रासस

एक सय ५८ गर्भवती तथा सुत्केरीको उद्धार

काठमाण्डाै - सरकारले अहिलेसम्म एक सय ५८ जना गर्भवती तथा सुत्केरीको उद्धार गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत अहिलेसम्म एक सय ५८ जना गर्भवती तथा सुत्केरीको उद्धार गरेको कार्यक्रमकी समन्वय इकाई प्रमुख अञ्जु ढुङ्गानाले जानकारी दिनुभयो । हुम्ला, डोल्पा, अछाम, बाजुरा, धादिङ, दोलखा, खोटाङ लगायतका जिल्लाबाट उद्धार गरि...

गर्भवती –सुत्केरीको उद्धार प्रभावकारी बन्दै

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । त्यस्तो अवस्थामा महिलालाई आपत्कालीन उपचार आवश्यक पर्ने भएकाले हेलिकप्टरद्वारा उद्धार गरिने व्यवस्था नेपाल सरकारले नीति तथा कार्यक्रम र कानूनद्वारा नै सुनिश्चित गरेको हो । नेपालको संविधानमा उल्लिखित मौलिक अधिकारअन्तर्गत स्वास्थ्य सेवा पाउने हकलाई सम्बोधन गर्न सरकारले सो कार्यक्रम आरम्भ गरेको हो । सडक सञ्जालको पहुँच कम भएका दुर्गम र पिछडिएका क्षेत्रका महिला प्राथमिकतामा राखिएकाले सो कार्यक्रम प्रभावकारी भएको मानिएको छ ।  प्रसव वेदना वा समस्या न्यूनीकरण गरी मातृशिशु मृत्युदर कम गर्ने उद्देश्यका साथ शुरु गरिएको कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आर्थिक वर्ष २०७५-०७६ मा २६, आव २०७६-२०७७ मा ८७ र चालु आव २०७७-२०७८ मा २३ जना गरी २०७७ असोजसम्म १३६ जना ज्यान जोखिममा परेका महिलाको हवाई उद्धार गरिसकिएको छ । सो सेवा शुरु हुनुअघि वर्षमा बढीमा ३३ गर्भवती र सुत्केरीले प्रसवावस्थाका कारण ज्यान गुमाउनु परेकामा हाल त्यो सङ्ख्या घटेर १२ जनामा झरेको सरकारी आँकडाबाट देखिएको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यविधि २०७५ असोज ३० गते बनेपछि २०७५ पुस ६ गते हुम्ला चङ्खेली गाउँपालिका बस्ने २२ वर्षीया नीरा शाहीको उद्धार गरी यो कार्यक्रम कार्यान्वयनमा आएको थियो । कार्यविधिमा ३४ हिमाली तथा उच्च पहाडी जिल्लालाई दुर्गम जिल्लाका रूपमा परिभाषित गरिएको छ ।

पछिल्लो चार वर्षमा ५१८ गर्भवती तथा सुत्केरीको उद्धार

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम सुरु भएदेखि हालसम्म सो सङ्ख्यामा उद्धार भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।