स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछिको प्रगति विवरण सार्वजनिक गरेका छन् ।
असोज २२ गते स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका खतिवडाले शुक्रवार हालसम्मको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
विवरणमा स्वास्थ्यमन्त्रीले कोरोनाविरुद्धको खोपलाई महत्त्व दिएको देखिएको छ ।
विवरणअनुसार १२ देखि १७ वर्ष उमेर समूहका करीब ३४ लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन शुरू गरिएको, खोप अभियान देशैभर सञ्चालन भइरहेको बताइएको छ ।
यस्तै ५-११ वर्ष उमेर समूहको बालबालिकाला...