कमजोर पुँजीगत खर्चको असर राजस्व संकलनमा - Naya Patrika

कर राजस्वका मुख्य स्रोत भन्सार, मूल्य अभिवृद्धि कर र आयकरकै लक्ष्य पुगेन चालू आर्थिक वर्ष ०७४/७५ को प्रथम ६ महिनामा कुल राजस्व संकलनको लक्ष्य पूरा भए पनि मुख्य–मुख्य कर राजस्वका...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

११ महिनामा सरकारी वित्त : नाजुक राजस्व संकलन र पुँजीगत खर्च

चालु आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहँदा सरकारी वित्त सवा दुई खर्बभन्दा बढीले घाटामा छ । अपेक्षित रूपमा पुँजीगत खर्च बढ्न नसकेको अवस्थामा पनि राजस्व संकलनमा कमी आउँदा सरकारको आम्दानी र खर्चको अन्तर लगातार फराकिलो बन्दै गएको हो । गत शुक्रबारसम्म सरकारको कुल आम्दानीभन्दा कुल खर्च २ खर्ब ३६ अर्ब ६९ करोड रुपैयाँले बढी छ ।

८ महीनाको विकास खर्च २० % मात्रै, गत वर्षको भन्दा कम

चैत १, काठमाडौं। चालू आर्थिक वर्ष २०७८/ ०७९को ८ महिनामा सरकारले पुँजीगत (विकास) बजेट न्यून खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनदेखि फागुन मसान्तसम्म विकास खर्च २० दशमलव ४ प्रतिशत मात्रै भएको हो । चालू आर्थिक वर्षमा कुल विकास बजेट ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ खर्च गर्ने सरकारी लक्ष्य थियो । तर, फागुन मसान्तसम्म ७७ अर्ब १४ करोड ६८ लाख रुपैयाँ मात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयको विवरणमा उल्लेख छ ।  कुल लक्ष्यको २० दशमलव४ प्रतिशत मात्रै खर्च भएको उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा कम हो । गत आर्थिक वर्षको सोही अवधिमा सरकारले विकास बजेट २२ दशमलव ६४ प्रतिशत खर्च गरेको थियो । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको सो अवधिमा चालू तर्फको खर्च ५० प्रतिशत नाघेको छ । कर्मचारीको तलब, भत्ता तथा कार्यालय सञ्चालन खर्चका रुपमा लिइने चालूतर्फको खर्च फागुन मसान्तसम्म ५ खर्ब ३८ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको छ । उक्त खर्च चालूतर्फको कुल बजेटको ५० दशमलव ५४ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ । चालू आर्थिक वर्षमा सरकारले चालूतर्फको बजेट  १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजना गरेको थियो । त्यस्तै वित्तीय व्यवस्थातर्फको खर्चको वार्षिक लक्ष्य १ खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ रहेकोमा फागुनमसान्तसम्म ५९ अर्ब ७१ करोड ४५ लाख रुपैयाँ खर्च भएको छ । चालू आर्थिक वर्षमा सरकारले कुल बजेट १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ विनियोजन गरेको थियो । फागुन मसान्तसम्म कुल बजेटको ४१ दशमलव ३६ प्रतिशत खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार फागनमसान्तसम्म कुल बजेट ६ खर्ब ७५ अर्ब २९ करोड ७० लाख रुपैयाँ खर्च भएको छ । राजस्व संकलन ५८ प्रतिशत सरकारले चालू  आर्थिक वर्षका ८ महीनामा लक्ष्यको ५८ प्रतिशत राजस्व संकलन गरेको छ । कुल राजस्व संकलन लक्ष्य ११ खर्ब ८० अर्ब ६० करोड ४ लाख रुपैयाँ रहेकोमा फागुन मसान्तसम्म ६ खर्ब ८४ अर्ब ६९ करोड ९४ लाख रुपैयाँ राजस्व संकलन गरेको महालेखाको विवरणमा उल्लेख छ । राजस्व संकलनमा सरकारले करतर्फ १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको थियो । फागुन मसान्तसम्म ६ खर्ब २७ अर्ब ९० करोड ४६ लाख रुपैयाँ संकलन गरेको महालेखा नियन्त्रक कार्यालयको विवरणमा उल्लेख छ । करतर्फको उक्त संकलन कुल लक्ष्यको ५८ दशमलव ७९ प्रतिशत हो । त्यस्तै गैरकरतर्फ वर्षिक राजस्व संकलन लक्ष्य १ खर्ब १२ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ रहेको थियो । फागुन मसान्तसम्म ५६ अर्ब ७९ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन गरेको महालेखा नियन्त्रक कार्यालयले बताएको छ ।

एक हजार राजस्व संकलन गर्न ६ रुपैयाँ खर्च

आर्थिक वर्ष ०७३-७४ मा नेपालमा २ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ कर राजस्व संकलन भयो । नेपालमा कर राजस्व संकलन गर्ने निकाय आन्तरिक राजस्व विभाग र मातहतका आन्तरिक राजस्व कार्यालयले यस आवमा चालू र पुँजीगत गरी कुल १ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेका छन् । यसको मतलव कुल राजस्व संकलनमा खर्चको अनुपात ०.५८८ प्रत