पर्वत : कोरोना कहरलाई नियन्त्रणमा राख्नुपरेको चुनौतीको बीचमा पनि स्वास्थ्य कार्यालय पर्वतलाई हात्तीपाइले रोगको जोखिम न्यूनीकरण अर्को ठूलो चुनौती बनेको छ।
छिमेकी जिल्ला म्याग्दीमा ६ चरणमा औषधि खुवाएपछि हात्तीपाइले रोगको औषधि खुवाउनु नपर्ने अवस्था भयो तर पर्वतमा चैत २० गतेबाट १२ औँ चरणमा पुन: औषधि खुवाउने अभियान सुरु हुँदै छ। यो अवस्था रहनु स्वास्थ्य क्षेत्रको लागि चुनौती बनेको छ। हुन त पर्वत जस्तै गण्डकी प्रदेशकै अन्य दुई जिल्ला बागलुङ र लमजुङमा पनि यो पटक पनि औषधि खुवाउने अभियान चल्दै छ।
स्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अ...