गुडविल फाइनान्सको संस्थापक शेयरमा आवेदन दिने अन्तिम दिन आज

गुडविल फाइनान्सको संस्थापक शेयरमा लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । फाइनान्सले १४ चैत बाट ९३ हजार ४ सय ८९ कित्ता शेयरमा आवेदन माग गरेको थियो ।

सम्बन्धित सामग्री

गुडविल फाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा

चैत १४, काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले संस्थापक शेयर आज (सोमवार) देखि लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले ९३ हजार ४८९ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले चैत २८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।  उक्त शेयरको न्यूनतम मूल्य रू. १५० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।  यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम २५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  कम्पनीको शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।