काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको सर्वसाधारणतर्फको लिलामी शेयरमा आवेदन अन्तिम दिन आज रहेको छ । कम्पनीले चैत १२ गतेदेखि ४६ लाख ११ हजार ५३५ कित्ता शेयर लिलामीमार्फत विक्री खुला गरेको हो ।
शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेस गर्नुपर्नेछ । सो शेयर खरीदका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम संख्याको लागि कुनै हद लाग्ने छैन ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । लगानीकर्ताले विक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन सक्ने छन् ।