हिमाली जिल्ला मुगुमा गठबन्धन गरेरै स्थानीय तहको निर्वाचनमा जाने निर्णय भएको छ । करिब एक हप्ता भन्दा बढी छलफलमै रहेको सत्ता गठबन्धनले गठबन्धनमा जाने निर्णय गरेका हुन् । आज बसेको बैठकले केही निर्णय पारित गरे पनि प्राविधिक कारणले पूर्णता पाउन नसकेको र निर्णयहरु प्रदेशसँग परामर्श गरेर गठबन्धनको अन्तिम टुंगो लगाइने नेपाली कांग्रेस मुगुका सभापति ऐन बहादुर शाहीले बताए । 'गठबन्धन गर्ने विषयमा हामी अन्तिम चरणमा पुगि सकेका छौं , प्राविधिक कारणले गर्दा गठबन्धन हुन्छ कि हुँदैन भन्ने नेता