सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सोमबार पनि सहमति जुट्न सकेन । यद्यपि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमति नजिक पुगिएको बताउँदै भोलि सहमतिको सबै विवरण सार्वजनिक गर्ने बताए । धेरै ठाउँमा भागबण्डाबारे सहमति नजिक पुगिएको र त्यसलाई अन्तिम रुप लिन मंगलबार साँढे ११ बजे पुनः बैठक बोलाइएको कार्कीले जानकारी दिए । ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडा समेतको वस्तुगत स्थितिको बारेमा आफूहरूब