डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ मा म्यादी प्रहरीको मृत्यु भएको छ । शे–फोक्सुन्डो गाउँपालिकास्थित शहीद दशरथ चन्द्र आवासीय माध्यमिक विद्यालयमा निर्वाचन सुरक्षार्थ खटिएका सुरेन बिकको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले रातोपाटीलाई बताए ।२४ वर्षीय विकले दुई दिनअघि पेट दुखेको बताएका थिए । उनि डोल्पाको काईके गाउँपालिका–४ का स्थानिय हुन् ।