सिमकोटमा म्यादी प्रहरी मृत फेला

हुम्ला सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।सर्केगाड गाउँपालिका(६ घर भइ हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको ओझाले बताए । उनी साथीको कोठामा मृत फेला परेका थिए । झ्याल-ढोका बन्द रहेको र उनी भूइँमा मृत फेला परेको ओझाले बताए । घटनाबारे कारण खुल्न सकेको छैन 

सम्बन्धित सामग्री

साथीको कोठामा सुत्न गएका म्यादी प्रहरी मृत फेला

हुम्ला, बैशाख १६ । हुम्ला सदरमुकाम सिमकोटमा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका एकजना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए । सर्केगाड गाउँपालिका–६ घर भइ हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको ओझाले बताए । उनी […]

सिन्धुपाल्चोकमा म्यादी प्रहरी मृत फेला

स्थानीय तह निर्वाचन सुरक्षाको लागि भर्ना भएका एक म्यादी प्रहरी मृत फेला परेका छन् । चौतारा साँगाचोकगढी नगर ६ का ४० वर्षीय दुर्गासिं बस्नेतको चौतारा नवलपुर सडकखण्डको करिब ४० मिटर तल शव फेला परेको जिल्ला प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।