सोलुखुम्बुको खुम्बुस्थित सगरमाथा क्षेत्रमा पर्ने ल्होत्से (८,५१६ मिटर) हिमाल आरोहण शुरु भएको छ ।
आरोहणको बाटो बनाउन डोरी टँगाइ (रोप फिक्सिङ) का लागि गएका छ सदस्य आरोही आइतवार साँझ ६ः४५ मा ल्होत्से चुचुरामा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले जनाएको छ । ल्होत्से आरोहणका लागि १४ आरोही समूहका ९६ महिला र २९ पुरुष आरोहीले आरोहण अनुमति लिएका छन् ।
विभागका निर्देशक मीरा आचार्यले वसन्त यामको ल्होत्से आरोहण पनि औपचारिक रुपमा शुरु भएको बताए ।
त्यसैगरी पुमरी (७,१६१ मिटर) हिमालको सफल ...