कार्यालय हाताभित्रै चन्दननाथ नगरपालिकाको गाडीमा आगजनी, गुठीचौरको कार्यालयमा तोडफोड :: Pahilopost.com

सुर्खेत: गए राति जुम्लाको चन्दननाथ नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। नगरपालिकाकै हाताभित्र पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिए।  राति करिब एक बजेको आसपासमा क १ झ १ नम्बरको गाडीमा आगो लगाएको र आगलागी भए लगत्तै स्थानीय र प्रहरीलाई खबर गरेको गाउँपालिकाका

सम्बन्धित सामग्री

गृहमन्त्री सहभागी कार्यक्रम नजिकै सरकारी गाडीमा आगजनी

विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूले कोशी प्रदेश योजना आयोगको सरकारी गाडीमा आगजनी गरेका छन्। घटनामा विद्युत् प्राधिकरणको पाँचवटा गाडी समेत तोडफोड गरिएको छ।

इरानमा हिजाब विरोधी प्रदर्शनमाथि सरकारी दमन, बालबालिकासहित १० को मृत्यु

काठमाडौं । इरानको दक्षिणपूर्वी क्षेत्रमा हिजाब विरोधी प्रदर्शनका क्रममा बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ । इरानको सिस्तान र बलुचिस्तान प्रान्तको मुख्य शहरमा गभर्नरको कार्यालयको छत र अन्य भवनबाट इरानी सुरक्षाकर्मीहरूले प्रदर्शनकारीमाथि गोली प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो । यसैबीच, प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गर्नुका साथै केही सरकारी भवन तोडफोड गरेका छन् । […]

भारत : प्रहरी कार्यालयमा आगजनी, २१ जना पक्राउ

असम प्रहरीले शनिबार नौगाउँ जिल्लाको बटद्वा प्रहरी चौकीमा तोडफोड र आगजनी गरेको आरोपमा २१ जनालाई पक्राउ गरेको छ ।यी सबै अभियुक्तहरूमाथि ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरेको पनि आरोप छ ।वास्तवमा शनिबार सलानीबारी गाउँका ३९ वर्षीय माछा विक्रेता सफिकुल इस्लामको प्रहरी हिरासतमा मृत्यु भएको बताइएको छ । त्यसपछि उनको गाउँका आक्रोशित भीडले बतद्राव प्रहरी चौकीमा आक्रमण गरेका थिए ।प्रहरी चौकीमा भएको आक्रमणका धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् जसमा हिंसात्मक भीडले प्रहरीको गाडीमा आगजनी

हेटौँडामा बन्दको प्रभाव : गाडीमा आगजनी, ट्रकमा तोडफोड

मकवानपुर – बन्दको उल्लङ्घन गरेको भन्दै हेटाैँडामा बन्दकर्ताहरूले गाडीमा आगजनी र तोडफोड गरेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ कम्युनिस्ट दल र दुई मोर्चाले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै उनीहरूले गाडीमा आगजनी र तोडफोड गरेका हुन् ।  यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ बस्तीपुरमा एक ट्रकमा तोडफोड र हेटौँडा उपमहानगरपालिका १५ रातोमाटे शिवम् रोडमा रिद्धसिद्धि सिमेन्ट उद्योगको खुला सिमेन्ट बोक्ने गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्...

सिके राउत नेतृत्वको पार्टीका कार्यकताले ट्रक जलाए

काठमाडौं : सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहामा गाडीमा आगजनी तथा तोडफोड गरेको छ। बन्दको अवज्ञा गरेको भन्दै एक ट्रकमा आगजनी गर्नुका साथै दर्जनौँ गाडी तोडफोड गरेको हो।बन्दको क्रममा प्रहरीले दमन गरेकोभन्दै उनीहरूले नरहा गाउँपालिका–३ नयाँ चोहर्वा नजिक रोकी राखेको ना ५ ख ५५२२ नम्बरको ट्रकमा आगजनी गरेका हुन्।  आगजनीबाट ट्रक पूर्ण रूपले जलेर नष्ट भएको छ।जनमत पार्टीका कार्यकर्ताले भने आफूहरूले आगजनी नगरेको जनाएको छ। उनीहरूले आन्दोलनमा घुसपैठ भएको बताएका छन्।झुटो मुद्दामा प्रहरीले कि

सरकारविरुद्ध तोडफोड र आगजनीमा उत्रियो नेविसंघ

काठमाडौं : सरकारविरुद्ध प्रदर्शन गर्दै आएको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ तोडफोड र आगजनीमा उत्रिएको छ। नेविसंघले शनिबार देशका विभिन्न भागमा सरकारी गाडीमा आगजनी र तोडफोड गरेको हो। बिदाको दिन सरकारी गाडी दुरुपयोग गरेको आरोपमा नेविसंघले काठमाडौं, पोखरा, डोटीलगायतका स्थानमा सरकारी गाडीमा आगज...

बसपार्क प्रयोगका विषयमा तनाव, वार्ताका लागि आह्वान

गोङ्गबुस्थित नयाँ बसपार्क प्रयोग गर्ने विषयमा उत्पन्न विवाद समाधानका लागि उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत यातायात व्यवसायी मजदुर सङ्घका पदाधिकारीलाई वार्ताका लागि आह्वान गर्नुभएको छ। आफ्ना माग पूरा नभएको भन्दै यातायात मजदुरले मङ्गलबारदेखि उपत्यकामा यातायात बन्दको घोषणा गर्नुका साथै आन्दोलन जारी राखेपछि सरकारले वार्ताका लागि आह्वान गरेको हो। यसअघि यातायात मजदुरको आन्दोलनले सोमबार अपराह्न गोङ्गबु र स्वयम्भू क्षेत्रमा तनाव उत्पन्न भएको थियो। बालाजुको बाइपास, माछापोखरी सडकमा आन्दोलनकारीले प्रहरीका दुईवटा गाडीमा आगजनी तथा तोडफोड गरेका छन्।