काठमाडौं : सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहामा गाडीमा आगजनी तथा तोडफोड गरेको छ। बन्दको अवज्ञा गरेको भन्दै एक ट्रकमा आगजनी गर्नुका साथै दर्जनौँ गाडी तोडफोड गरेको हो।बन्दको क्रममा प्रहरीले दमन गरेकोभन्दै उनीहरूले नरहा गाउँपालिका–३ नयाँ चोहर्वा नजिक रोकी राखेको ना ५ ख ५५२२ नम्बरको ट्रकमा आगजनी गरेका हुन्। आगजनीबाट ट्रक पूर्ण रूपले जलेर नष्ट भएको छ।जनमत पार्टीका कार्यकर्ताले भने आफूहरूले आगजनी नगरेको जनाएको छ। उनीहरूले आन्दोलनमा घुसपैठ भएको बताएका छन्।झुटो मुद्दामा प्रहरीले कि