फ्रान्स बराबरीमा रोकियो, डेनमार्क विजयी

१७ भदौ, काठमाडौं । फिफा विश्वकपको युरोपेली छनोटमा विश्व विजेता फ्रान्सले बोस्निया एण्ड अर्जगोभिनासँग १-१ को बराबरी खेलेको छ । १० खेलाडीमा सीमित रहेर खेलेको फ्रान्सले एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको थियो । फ्रान्सको घरेलु मान स्टेड डे ला मेइनाउमा भएको खेलको ३६औं मिनेटमा एडेन जेकोले गोल गर्दै बोस्नियालाई अग्रता दिलाएका थिए । […]

सम्बन्धित सामग्री

फ्रान्स विश्वकपको नकआउट चरणमा प्रवेश, अर्जेन्टिनाको सम्भावना जिवितै

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डि’को खेलमा डेनमार्कलाई पराजित गर्दै फ्रान्स विजयी भएको छ । दोहास्थित रंगशाला ९७४ रंगशालामा भएको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ गोलअन्तरले पराजित गरेको हो । डेनमार्कविरुद्धको जीतसँगै फ्रान्स नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।फ्रान्सको जितमा किलियन एमबाप्पेले दुई गोल गरे । खेलको दोस्रो हाफको ६१औं मिनेटमा एमबाप्पेले गोल गर्दै सुरुआती अग्रता दिलाए । त्यसको केहीबेरमा नै डेनमार्कले बराबरी गोल गर्न सफल भयो । खेलको ६८औ मिनेटमा डेनमार्कका लागि आन्द्रेस क्रिस्टेन्सनले कर्नरमा आएको बललाई हेडरमार्फत् गोल गर्दै खेललै १-१ गोलको बराबरीमा ल्याए । खेलको ८६औ मिनेटमा फ्रान्सका लागि एमबाप्पेले दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । फ्रान्सले २ खेलमा ६ अंक जोडेको छ । यसै समूहमा रहेका अष्ट्रेलियासँग तीन तथा डेनमार्क र ट्युनिसियाको समान १-१ अंक छ ।त्यस्तै समूह ‘सि’ अन्तर्गतको आज भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो । समूह चरणको आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित अर्जेन्टिनालाई नकआउट चरणमा प्रवेशका लागि आजको खेल जित्नुपर्ने बाध्यता थियो । जीतसँगै अर्जेन्टिनाले ३ अङ्क जोड्दै समूहमा दोस्रो स्थानमा उक्लिएको छ । आजको खेल पहिलो हाफमा बराबरीमा टुङ्गिएको थियो । खेलको दोस्रो हाफ अर्थात् ६४औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने खेलको ८७औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै जित सुनिश्चित गरे ।

नेसन्स लिग : क्रोएसियासँग डेनमार्क पराजित, फ्रान्स फेरि बराबरीमा रोकियो

२८ जेठ, काठमाडौं । यूईएफए नेसन्स लिगअन्तर्गत लिग को समूह ए को खेलमा साविक विजेता फ्रान्सले अष्ट्रियासँग १-१ को बराबरी खेलेको छ । किलिएन एम्बाप्पेले खेल सकिन सात मिनेटअघि गरेको गोलमा फ्रान्सले संघर्षपूर्ण बराबरी गरेको हो । त्यसअघि आन्द्रेस वेइमनले ३७औं मिनेटमा अष्ट्रियाका लागि गोल गरेका थिए । साविक विजेता फ्रान्सले तीन खेल खेल्दा अझै […]

नेसन्स लिगमा डेनमार्क विजयी, फ्रान्स रोकियो

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा डेनमार्कले लगातार दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा अष्ट्रियालाई २–१ ले पराजित गर्दै डेनमार्कले लगातार दोस्रो जित निकालेको हो । खेलको २७ औं मिनेटमा पिएर्रे इमिलले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । ६७ औं मिनेटमा जाभिरले गोल गर्दै अष्ट्रियालाई १–१ को बराबरीमा ल्याए । […]

युरोकप : समूह चरण सकियो, शनिबारदेखि नकआउट चरण

विहीबार मध्यराति फ्रान्स र पोर्चुगलले बराबरीमा खेलेसँगै युरोकपको समूह चरणका खेलहरु सकिएका छन् । अबको खेल नकआउट चरणमा प्रवेश गरेको छ । यो चरणमा १६ टिमले खेल्नेछन् ।नकआउट चरणमा छानिएका १६ वटा टिममा वेल्स, डेनमार्क, इटली, अष्ट्रिया, नेदरल्याण्डस, चेक रिपब्लिक, बेल्जियम, पोर्चुगल, क्रोएसिया, स्पेन, फ्रान्स, स्वीटजरल्याण्ड, इङ्ल्याण्ड, जर्मनी, स्वीडेन र युक्रेन छन् ।अब नकआउट चरणको खेल असार १२ गते शनिबारदेखि हुनेछ । युरो कपको फाइनल खेल जुलाई १२ अर्थात असार गते लण्डनको बिम्बली रंगशालामा हुनेछ ।कोको भिड