अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले नाऊहरूलाई दाह्री खौरन र छोटो बनाउन प्रतिबन्ध लगाएको छ । इस्लामिक शरिया कानुनको उल्लंघन हुने भन्दै तालिबानले नाऊहरुलाई दाह्री खौरने र छोटो बनाउने काममा रोक लगाएको हो । उक्त आदेश उल्लंघन गर्नेलाई सजाय दिइने पनि तालिबानको धार्मिक प्रहरीले जनाएको छ ।