काठमाण्डाै – तालिबानले अफगानिस्तानको हेलमन्ड प्रान्तमा नाऊहरूमाथि दाह्री काट्न र मिलाउन प्रतिबन्ध लगाएको छ । दाह्री काट्नु र मिलाउनु इस्लामको कानुनले गरेको व्याख्याको उल्लङ्घन हुने तालिबानले बताएको छ ।
यस नियमको उल्लङ्घन गर्ने जोकोहीलाई सजाय दिइने तालिबान धार्मिक प्रहरीले भनेको छ ।
अफगानिस्तानको राजधानी काबुलका केही नाऊहरूले आफूहरूलाई पनि त्यस्तो आदेश प्राप्त भएको बताएका छन् ।
यस निर्देशनबाट अफगानिस्तानमा तालिबानको पुरानो कडा शासन फर्किएको सङ्केत गरेको छ । यद्यपि तालिबानले विगतमा जस्तो कडा व्य...