हलेसी मन्दिर आजदेखि खुला

खोटाङ- तेस्रो लहरको कोरोना भाइरस संक्रमण बढेपछि बन्द गरिएको त्रिधार्मिकस्थल हलेसी मन्दिर आजदेखि खुल्ने भएको छ । माघ ७ गतेदेखि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको मन्दिर आजदेखि खुलाउने निर्णय भएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले जानकारी दिए ।जिल्लामा तेस्रो लहरमा लगातार कोभिडका संक्रमितको संख्या तीव्र दरमा वृद्धि हुन थालेपछि हलेसी तुवाचुङ नगरपालिका–७ […]

सम्बन्धित सामग्री

हिन्दू, बौद्ध र किराँतको सङ्गमस्थल हलेसीको ब्रान्डिङ गर्दै सरकार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले खोटाङको त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकास गर्न सरकार लागिपरेको बताएका छन् । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीको चौतर्फी विकास तथा प्रवर्द्धनका लागि सरकारले यस आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा नै समावेश गरेर अगाडि बढाएको उनले जानकारी दिए । मन्त्री किरातीले हलेसी खोटाङ जिल्लाको मात्र नभई पूर्वी नेपालकै सम्भावना बोकेको त्रिधार्मिकस्थल भएकाले यसका चौतर्फी विकासका लागि झापाको काँकडभिट्टादेखि योजना बनाएर अगाडि बढाउनुपर्ने बताए । “हलेसीको विकासका लागि मुलुकको अन्य ठाउँमा समेत प्रचार–प्रसार गर्न आवश्यक छ । आगामी दिनमा नेपाल छिर्ने मुख्य नाका काँकडभिट्टा, चतरालगायतका ठाउँमा समेत प्रचार–प्रसारका लागि होडिङबोर्ड राख्नुुपर्ने अवस्था देखिएको छ”, उनले भने, “हलेसीमा खुला सांस्कृतिक सङ्ग्राहलय निर्माण गर्न सरकारले तयारी गरेको छ । विभिन्न मुलुकबाट हलेसी आउने पाहुनालाई सिधा सम्पर्कमा भ्रमण गराउन सकिने गरी योजना निर्माण गर्नु आजको आवश्यकता  हो । यसका लागि मन्त्रालयले गर्ने सहयोग गर्छ ।” पर्यटकीय क्षेत्रको अनुगमन भ्रमणका लागि आज खोटाङ आएका मन्त्री किरातीले त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकासका लागि ब्रान्डिङ गनुपर्नेमा जोड दिए । उनले हलेसी र किराँत समुदायको उद्गमस्थल तुवाचुङको प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको पनि जानकारी दिए ।  हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको भेटघाट कार्यक्रममा हलेसी विकास समितिका अध्यक्ष एवं पूर्वसांसद टङ्क राईले त्रिधार्मिकस्थल हलेसीको विकासले खोटाङको मात्र नभई मुलुकै आर्थिक समृद्धिमा टेवा पुग्ने मन्त्री किरातीलाई जानकारी गराए । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्षसमेत रहेका अध्यक्ष राईले हलेसी मन्दिर तथा गुफा नजिकैबाट मध्यपहाडी लोकमार्गको सडक भएकाले हलेसी गुफा तथा मन्दिर जोखिममा रहेको पनि जानकारी गराए ।  नगरप्रमुख विमला राईले मन्त्री किरातीलाई स्वागत गर्दै यस क्षेत्रको त्रिधार्मिकस्थल हलेसीको समग्र विकासका लागि आवश्यक पहल गरिदिन आग्रह गरिन् । उनले हलेसीमै बुनिएको खाँडीको कपडा चिनोस्वरुप मन्त्री किरातीलाई प्रदान गर्दै स्थानीय उत्पादनमा समेत नगर लागेको जानकारी दिइन् । रासस

तीर्थालुका लागि हलेसी मन्दिर खुला

कोरोनाका कारण बन्द गरिएको हलेसी मन्दिर तीर्थालुका लागि खुलाइएको छ । कोरोनाका कारण माघ पहिलो सातादेखि बन्द हलेसी मन्दिर फागुन १ गतेदेखि खुलाइएको हो ।

खुला गरियो हलेसी मन्दिर

खोटाङ । खोटाङस्थित धार्मिक स्थल हलेसी गुफा खुला गरिएको छ । हिन्दु, बौद्ध तथा किरात धर्मावलम्बीको आस्थाको केन्द्र हलेसी मन्दिर रहेको गुफा कोरोना महामारी बढेसँगै गत माघ ७ गते बन्द गरिएको थियो । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र(डिसीएमसी)को बैठकको निर्णयले एक पटकमा बढीमा १५ जना नबढ्ने गरी दर्शनार्थी प्रवेश गर्न पाउने गरी मन्दिर खुला गरिएको […]

खाेटाङकाे हलेसी मन्दिर सर्वसाधारणकाे लागि खुला – देशसञ्चार

खोटाङ - कोभिड–१९ को महामारी बन्द गरिएको खोटाङको हलेसी मन्दिर सर्वसाधारणकाे लागि खुला गरिएको छ। कोभिड–१९ को तेस्रो लहरको महामारी सुरु भएपछि हलेसी तुवाचुङ

खोटाङको हलेसी मन्दिर प्रवेश खुला

कोभिड–१९ को महामारीलाई मध्येनजर गर्दै बन्द गरिएको खोटाङको हलेसी मन्दिर प्रवेश खुला गरिएको छ । कोभिड–१९ को तेस्रो लहरको महामारी सुरु भएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मन्दिरको गेटमा गत ७ माघमा ताला लगाइएको थियो ।कोभिड–१९ को संक्रमण दर कम हुँदै गएपछि १ फागुनबाट त्रि-धार्मिकस्थल हलेसी मन्दिर प्रवेश खुला गरिएको हलेसी सूचना केन्द्रले जनाएको छ । एक पटकमा २५ जना मात्र प्रवेश गर्न पाउने, सबैले अनिवार्य मास्क प्रयोग गर्ने, भिडभाड नगर्ने शर्तमा मन्दिर प्रवेश गर्न

हलेसी मन्दिर भक्तजनका लागि खुल्ला

खोटाङ, २ फागुन । कोरोना महामारीको कारण बन्द गरिएको खोटाङको हलेसी मन्दिर प्रवेश खुला गरिएको छ । कोरोना भाइरसको तेस्रो लहर सुरु भएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मन्दिरको गेटमा गएको माघ ७ गतेदेखि भक्तजनलाई मन्दिरमा प्रवेश निषेध गरिएको थियो । कोभिड–१९ को सङ्क्रमण दर कम हुँदै गएपछि त्रि–धार्मिकस्थल हलेसी मन्दिर प्रवेश खुला गरिएको हलेसी […]

कोरोना संक्रमित घटेसँगै ४ महीनापछि खुल्यो हलेसी मन्दिर

भदौ २९, खोटाङ । चार महीनादेखि बन्द गरिएको त्रिधार्मिक धाम हलेसी मन्दिर सोमवारदेखि खुला गरिएको छ ।  जिल्लामा कोभिड–१९ को संक्रमणदर घट्दै गएको तथा सक्रिय संक्रमितको संख्यासमेत न्यून रहेको पाइएपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसिएमसी) को आइतवार बसेको बैठकले मन्दिर खुला गराउने निर्णय गरेको थियो । गत वैशाख १५ गतेदेखि बन्द मन्दिर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पूजाआजा गर्न मिल्ने गरी खुला गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिए । महामारी फैलिन थालेसँगै दैनिक बिहान र बेलुका हुँदै आएको नित्य/नैनित्य पूजालाई मात्र निरन्तरता दिने गरी बन्द गरिएको थियो ।  बिहान र बेलुकाको नित्य/नैनित्य पूजाका क्रममा पुजारी र बाजा बजाउने नगर्चीलाई मात्र हलेसी मन्दिर प्रवेश गर्न अनुमति दिइएको थियो । ताला लगाएका अवस्थामा हलेसी दर्शनमा आएका दर्शनार्थी एवम् तीर्थयात्रीले ढोका बाहिरबाटै दर्शन र पूजाआजा गर्ने व्यवस्था मिलाइएको थियो । कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग पुर्‍याउने उद्देश्यले हलेसी प्रवेशमा रोक लगाइएको यो दोस्रोपटक भएको हलेसी विकास समितिले जानकारी दिएको छ । हलेसीसँगै जिल्लाका सबै मठमन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बा र चर्चलगायतमा दैनिकरूपमा गरिने नित्य÷नैनित्य पूजा, प्रार्थनासहित पूजा, प्रार्थना, भजनकीर्तन, कलशयात्रा, बलिपूजाजस्ता धार्मिक कार्य खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।  ‘सबै क्षेत्रमा अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्ने निर्णय गरिएको छ’, उनले भने, ‘स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन भए/नभएको विषयमा आनुगमन गर्न प्रहरी परिचालन गरिएको छ ।’ १० ओटा स्थानीय तह रहेको जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ५५ मात्र रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए । गत वैशाखयता दोस्रो भेरियन्टसहितको कोरोना संक्रमण दुई हजार ९२६ मा देखिएको जिल्लामा १५ जनाको निधन भएको छ । संक्रमितको संख्या धेरै भए पनि हालसम्म निषेधाज्ञा लागू नगरिएका जिल्लामा ३९ हजार ९८६ जनालाई पहिलो तथा २० हजार १७४ लाई दोस्रो खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।  हरेक नागरिकलाई खोप उपलब्ध गराउने सरकारको नीतिअनुसार जिल्लाका १० ओटै स्थानीय तहमा खोप लगाउने व्यवस्था मिलाइएको खोप समन्वय समितिका संयोजकसमेत रहेका प्रजिअ शर्माले जानकारी दिए । रासस

खुल्यो पूर्वको पशुपति हलेसी महादेव मन्दिर

पूर्वको पशुपतिनाथका रुपमा विख्यात त्रिधार्मिकधाम खोटाङको हलेसी मन्दिर सोमबारदेखि खुला गरिएको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमण घट्दै गएपछि चार महिनादेखि बन्द गरिएको मन्दिर खुला भएको हो । सङ्क्रमणदर घट्दै गएको तथा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत न्यून रहेको पाइएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को आइतबार बसेको बैठकले मन्दिर खुला गराउने निर्णय गरेको थियो । गत …

कोभिडका कारण चार महिनादेखि बन्द खाेटाङकाे हलेसी मन्दिर खुल्यो

खाेटाङ - कोभिड–१९ को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै चार महिनादेखि बन्द गरिएको खोटाङको त्रि–धार्मिकस्थल हलेसी मन्दिर खुला गरिएको छ । कोभिड–१९ को सङ्क्रमण दर घट्दै गएको तथा सङ्क्रमण दर न्यून रहेको भन्दै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा संयोजकत्वको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकको आज बिहानदेखि हलेसी मन्दिर खुला गर्दै पूजाआजा सुरु गरेको हो । चार महिनाभन्दा बढी समयदेखि बन्द रहेको हलेसी मन्दिर कोभिड सम्बन्धी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पूजाआजा गर्न मिल्नेगरी खुला गर...

हलेसी मन्दिर खुलेको एक महिनामा छ लाख भेटी सङ्कलन

महिना दिन नपुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा रु साढे पाँच लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर आठ महिनापछि खुला गरिएको थियो । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको पवित्र आस्थाका केन्द्र हलेसीमा गत मङ्सिर १६ गतेदेखि यही पुस ८ गतेसम्मका अवधिमा दर्शनार्थी तथा पर्यटकबाट रु पाँच लाख ६४ हजार २९० भेटी सङ्कलन भएको हो । गत चैत ८ गतेदेखि मन्दिर प्रवेशमा रोक लगाइएको थियो भने गत मङ्सीर १६ गते खुला गरिएको थियो । हलेसी खुला गरिएको महिना दिन नपुग्दै सो सङ्ख्यामा भेटी सङ्कलन भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिनुभयो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसीको शिवपार्वती थानबाट रु तीन लाख ३० हजार ५९५, बसाहा गुफामा राखिएको दानपेटीकाबाट रु २९ हजार ६३५ र गणेश मन्दिरमा राखिएको दान पेटीकाबाट रु १४ हजार ७० भेटी सङ्कलन भएको छ ।