कोभिडका कारण चार महिनादेखि बन्द खाेटाङकाे हलेसी मन्दिर खुल्यो

खाेटाङ - कोभिड–१९ को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै चार महिनादेखि बन्द गरिएको खोटाङको त्रि–धार्मिकस्थल हलेसी मन्दिर खुला गरिएको छ । कोभिड–१९ को सङ्क्रमण दर घट्दै गएको तथा सङ्क्रमण दर न्यून रहेको भन्दै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा संयोजकत्वको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकको आज बिहानदेखि हलेसी मन्दिर खुला गर्दै पूजाआजा सुरु गरेको हो । चार महिनाभन्दा बढी समयदेखि बन्द रहेको हलेसी मन्दिर कोभिड सम्बन्धी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पूजाआजा गर्न मिल्नेगरी खुला गर...

सम्बन्धित सामग्री

खुल्यो पूर्वको पशुपति हलेसी महादेव मन्दिर

पूर्वको पशुपतिनाथका रुपमा विख्यात त्रिधार्मिकधाम खोटाङको हलेसी मन्दिर सोमबारदेखि खुला गरिएको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमण घट्दै गएपछि चार महिनादेखि बन्द गरिएको मन्दिर खुला भएको हो । सङ्क्रमणदर घट्दै गएको तथा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत न्यून रहेको पाइएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को आइतबार बसेको बैठकले मन्दिर खुला गराउने निर्णय गरेको थियो । गत …