काठमाण्डाै – गएकाे पाँच महिनादेखि बस्न नसकेको संवैधानिक इजलास आज शुक्रवारदेखि बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा संवैधानिक इजलास बस्नेछ ।
आजका लागि न्याय परिषद्को सिफारिसमा परेका न्यायाधीशमध्येबाट कार्कीले इजलास गठन गर्नुहुनेछ । यो इजलासमा सामान्यतया वरिष्ठताका आधारमा न्यायाधीशको चयन हुँदै आएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश र न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेका अरू चार जना न्...