पछिल्लो दश महिनामा विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घटेका कारण आर्थिक संकट बढ्दै गएको अर्थविद्हरूको भनाई छ। अघिल्लो आर्थिक वर्ष २० ७७/०७८ को अन्त्यसम्ममा ११ महिनाको वस्तु र १० महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति रहेकोमा चालू आर्थिक वर्षको ८ महिनामा अवधिमा ६ महिनाको आसपासमा झरेको स्रोतले जनाएको छ।राष्ट्र बैंककै तथ्याङ्क हेर्ने हो भने पनि ७ महिनामा विदेशी विनिमय सञ्चिति घटेर ६.७ महिनाको वस्तु तथा सेवाको आयात धान्ने अवस्थामा पुगेको देखिन्छ। तीव्र रूपमा विदेशी विनिम