काठमाडौं : मुलुकको विदेशी मुद्रा सञ्चिति २.५ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चार महिनासम्मको प्रतिवेदनअनुसार कात्तिक मसान्तसम्ममा १२ खर्ब ४६ अर्ब २७ करोड रुपैयँ बराबरको विदेशी मुद्रा सञ्चिति छ। यो असारको तुलनामा ११ अर्ब ६६ करोड रुपैयाँले बढी हो असारमा कुल विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपियाँ बराबर थियो । गत भदौ महिनामा ११ खर्ब ९८ अर्ब १६ करोड रुपैयाँ र असोजमा १२ खर्ब ६४ अर्ब ६६ करोड रुपैयाँ बराबर विदेश