सुत्केरी आमाहरूलाई ‘उपाध्यक्षको पोषण कोसेली’

सुत्केरी आमा र बच्चाको सबल स्वास्थ्यका लागि सल्यानको छत्रेश्वरी गाउँपालिकाले सुत्केरी आमाहरूलाई ‘उपाध्यक्षको पोषण कोसेली’ उपलब्ध गराएको छ । गाउँपालिकाको ७ वटै वडा स्थित स्वास्थ्य संस्थासम्म पुगेर ३५७ जना आमाहरूलाई पोषण कोसेली उपहार झोला वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित सामग्री

गर्भवती र सुत्केरी महिलालाई पोषण सामग्री वितरण

दोलखा–  दोलखाको वैतेश्वर गाउँपालिकाले वडा नम्बर-१ गैरिमुदिका गर्भवती तथा सुत्केरी अवस्थामा रहेका स्थानीय महिलालाई पोषण सामग्री वितरण गरेको छ । पालिकाले हजार दिने आमा तथा गर्भ अवस्थामा रहेका महिलालाई पोषण सामग्री अन्तर्गत पर्ने हर्लिक्स,चना, दुई क्रेटका दरले अन्डा, गेडागुडी, साबुनलगायतका सामग्री वितरण गरेको हो । पालिकाको चालु वर्षकाे महिला तथा बालबालिका लक्षित कार्यक्रम अनुसार वडा […]

सुत्केरीलाई पोषण खर्च

दमौली, ३ चैत । स्वास्थ्य कार्यालय तनहुँले सुत्केरीलाई पोषण खर्चबापत रकम उपलब्ध गराउने भएको छ । गण्डकी प्रदेश सरकारले स्वास्थ्य कार्यालयमार्फत चालु आर्थिक वर्षमा सुत्केरीलाई पोषण खर्चबापत रकम उपलब्ध गराउन लागेको हो । लक्षित समूहका आमा र बच्चाको पोषण अवस्थामा सुधार ल्याई स्वास्थ्य अवस्था सुदृढ गर्नका लागि सुत्केरी भएको ४५ औँ दिनसम्म पोषिलो खानाका लागि […]

गर्भवती र सुत्केरीलाई गाउँपालिकाको ‘पोषण थैली’ उपहार

हुम्लाको सिमकोट गाउँपालिकाले गर्भवती र सुत्केरी महिलाहरुका लागि ‘पोषण थैली’ उपहार दिन सुरु गरेको छ। ‘सुनौलो हजार दिन’का महिलाको पोषणमा सुधार ल्याउन गाउँपालिकाले ‘पोषण थैली’ वितरण सुरु गरेको हो। पोषण नपुगेर...

सुत्केरीलाई पोषण र सरसफाइका सामग्री सहयोग (फोटो फिचर)

सिमकोट – सिमकोट गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सबै वडाका सुत्केरी भएका महिलालाई पोषण तथा सरसफाइका सामान कोसेलीका रूपमा सहयोग गरेको छ। सुत्केरीको पोषण र सरसफाईमा सुधार ल्याउन ती सामग्री सहयोग गरेको हो। गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले विशेष कार्यक्रम नै राखेर सुत्केरीलाई अध्यक्ष उपाध्यक्ष कोसेली कार्यक्रमअन्तर्गत पोषणका सामान सहयोग गरिएको बताए। उनले एक विशेष कार्यक्रम […]

सिमकोटका सुत्केरी महिला पोषण भत्ता पाउनबाट बञ्चित

सिमकोट – हुम्लाको सिमकोट गाउँपालकाका सुत्केरी महिलाले सरकारबाट पाउनुपर्ने सुत्केरी पोषण भत्ता नपाएको गुनासो गरेका छन्। सिमकोट गाउँपालिका वडा नम्बर १, २, ३, ४, ७ र ८ का १०५ जना सुत्केरी महिलाले आफूहरु कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको कर्णाली पोषण प्याकेज भत्ता पाउनबाट बञ्चित भएको बताएका हुन्। स्वास्थ्य संस्थामा सुत्केरी भएबापत कर्णाली प्रदेश सरकारले […]

नारी दिवसमा सुत्केरीलाई पोषण भत्ता

तनहुँ─ तनहुँको म्याग्दे गाउँपालिकाले पालिकामा रहेका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई पोषण भत्ता वितरण गरेर अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । ‘अध्यक्षसँग सुत्केरी कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले नारी दिवसमा पोषण भत्ता वितरण गरेको हो । मंगलबार गाउँपालिकाले जामुनेमा भएको अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रममा ५० जनालाई तीन हजार रुपैयाँका दरले पोषण भत्ता वितरण गरिएको छ । […]

मेचीनगरमा माघ १ देखि ‘सुत्केरी पोषण’ कार्यक्रम

सुत्केरी पोषण अभियान पहिलो चरणमा मेचीनगरका वडा नंं ७ र १४ मा लागू गरिने भएको छ। यो अभियानमा सुत्केरीलाई एक प्याकेट ल्याक्टोनिज, एक किलो घ्यू, आधा किलो हर्लिक्स, मिठाइसहित नानीको मुख हेरेर रु १०० सहयोग गरिने अध्यक्ष चिमरियाले बताए।

कञ्चनपुर: बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई खाद्य सामग्री

बर्थिङ सेन्टरमा पुगेर सुरक्षित रुपमा सुत्केरी हुनेलाई शुक्लाफाँटा नगरपालिकाले पोषण खाद्य सामग्री वितरण कार्यक्रम सञ्चालन गरेको छ।

बागलुङमा ग्रामीण पोषण सुधार कार्यक्रम

सुत्केरी महिला र एक हजार दिनका बालबालिकाको पोषण व्यवस्थापनका लागि बागलुङमा ग्रामीण पोषण कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ।

सुत्केरी महिलालाई गाउँपालिकाको ‘पोषण झोला’

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिकाले त्यहाँका सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा सहितको कोसेली वितरण सुरु गरेको छ । पालिकाले सुनौला हजार दिन अन्तर्गत सुत्केरी भएका विपन्न, दलित महिलाहरुलाई उपाध्यक्ष कोसेली कार्यक्रम अन्तर्गत ‘पोषण झोला’ वितरण गरेको हो । त्यहाँका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुले सुत्केरी महिलाका घर घरमा गएर कोसेली बाँडिरहेको गाउँपालिका उपाध्यक्ष निर्मला साउँदले बताउनुभयो ।  उहाँले भन्नुभयो, “गाउँमा सुत्केरी भएका हजार दिनका आमालाई हामीले घरैमै पुगेर पो...