बहुप्रतिक्षित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्राविधिक चेकजाँचसहितको क्यालिब्रेसन उडान सुरु भएपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । शुक्रबारदेखि एरो थाईको विशेष जहाजले प्राविधिक परीक्षण र क्यालिब्रेसन उडान सुरु गरेको छ । यो क्रम फागुन १५ गतेसम्म चल्ने छ ।आगामी वैशाख १ गते यो अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने र जेठ २ देखि नियमित उडान भर्ने तयारी छ । अन्तर्राष्ट्रिय उडान हुने भएपछि लुम्बिनी प्रदेशका उद्योगी व्यवसायीहरू उत्साहित भएको उद्योग वाणिज्य संघ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्