लुगा नकिनेर र महँगो होटलमा खाना नखाएर १६ करोड रुपैयाँ बचाउन सकिँदो रहेछ । यो कहानी एक यस्ती महिलाको हो जसले फजुलखर्च नगरेर १० करोड रुपैयाँ जोगाएको र ३५ वर्षको उमेरमा नै कामबाट अवकाश लिएको दाबी गरेकी छिन् । यी महिलाको नाम केटी डोनेगन हो । पछिल्लो दुई वर्षदेखि केटी आफ्ना श्रीमान् एलनसँग थुप्रै विदेशको भ्रमण गरिरहेकी छिन् । केटी डोनेगनले ‘द सन’ सँगको कुराकानीमा आफूलाई सानैबेलादेखि फजुल खर्च गर्न मन नपर्ने बताइन् । उनले भनिन्, ‘हामीसँग साधारण जीवनयापनका लागि पैसा थियो तर विलास