काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ। अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दै जाँदा घाटा चुलिएपछि निगमले अब परल मूल्यमै पेट्रोलियम पदार्थ विक्री वितरणको तयारी गरेको हो। इण्डियन आयल कर्पोरेशन आइओसीलाई तिर्नुपर्ने बक्यौता बढ्दै गएको र पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन नसक्ने अवस्था आएकाले परल मूल्यमै विक्री गर्ने तयारी भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।‘आइओसीलाई १६ अर्ब तिर्नै बाँकी छ, यो जुन महिनाका लागि प