काठमाडौं, जेठ ३ । काठमाडौं उपत्यकाका नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्न थालेका छन् । अक्सिजनको अभावमा उपत्यकामा कोरोना सङ्क्रमितको मृत्यु हुन थालेपछि उपत्यकाका नगरपालिकाले अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गर्न थालेका हुन् । कतिपय नगरपालिकाले नगरपालिकाभित्र भएका ठूला अस्पतालसँग सहकार्यमा र कतिपयले आफ्नै नगरस्तरीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सुरु गरिसकेका छन् । अहिलेसम्म काठमाडौँ महानगरपालिका र मध्यपुर थिमी […]