पाल्पामा अक्सिजन प्लान्ट सञ्चालनमा

भरत शर्मापाल्पा, भदौ १९ । सञ्चारमाध्यले बारम्बार समाचार प्रकाशन गर्न थालेपछि पाल्पा अस्पतालले अक्सिजन प्लान्ट संचालनमा ल्याएको छ । स्विकृती पाएको करीब साढे ३ महिनाको अवधीमा जिल्ला अस्पताल पाल्पाले अक्सिजन प्लान्ट निर्माण गरी संचालनमा ल्याएको हो । संघीय सरकार अर्थ मन्त्रालयले गत जेठ ४ गते नै अक्सिजन प्लान्ट सञ्चालनका लागि १ करोड ५० लाख बजेट […]

सम्बन्धित सामग्री

पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान, दैनिक ५० सिलिण्डर उत्पादन हुने

पाल्पा : पाल्पा अस्पतालामा अक्सिजन प्लान्ट जडान भएको छ। प्लान्टबाट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन हुने बताइएको छ।नेपाल सरकारले गत २०७८ जेठ ४ गते अक्सिजन प्लान्ट स्थापना गर्नका लागि एक करोड ५० लाख बजेट विनियोजन गरेको थियो। टेण्डर आह्वान गर्दा एक करोड २८ लाखमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताए।यहाँ उत्पादित अक्सिजन आवश्यकताअनुसार अन्य अस्पतालमा समेत वितरण गरिने पाण्डेले बताए। यहाँ युनाइटेट मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज छन्। यी अस्पतालमा आ

पाल्पामा अक्सिजन उत्पादन सुरु

पाल्पा अस्पतालमा जडान गरिएको प्लान्टले अक्सिजन उत्पादन गर्न थालेको छ । तानसेनस्थित अस्पतालबाट अक्सिजन उत्पादन हुन थालेसँगै अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य भएको हो । नेपाल सरकारको रु एक करोड ५० लाख लागतमा अक्सिजन प्लान्ट निर्माण पूरा भएको अस्पतालले जनाएको छ ।तानसेनमा जडान गरिएको प्लान्टबाट प्रतिदिन ठूलो आकारका ५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताउनुभयो । उहाँका अनुसार पाल्पालगायतका छिमेकी जिल्लामा अक्सिजनको अभावका कसैले ज्यान गुमाउन

पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान, उत्पादन सुरु

तानसेनमा जडान गरिएको प्लान्टबाट प्रतिदिन ठूलो आकारका ५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए। उनका अनुसार पाल्पालगायतका छिमेकी जिल्लामा अक्सिजनको अभावका कसैले ज्यान गुमाउनुपर्ने बाध्यता हटेको हो।

अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा

पाल्पा । पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा पुगेको छ । अक्सिजन प्लान्ट राख्न आवश्यक उपकरणसहित प्रक्रिया अगाडि बढाइएको छ । अर्थ मन्त्रालयमार्फत गत जेठ ४ गते अक्सिजन प्लान्ट सञ्चालनका निम्ति १ करोड ५० लाख बजेट स्वीकृत भएको थियो । स्वीकृत बजेट अझैसम्म प्राप्त नहुँदै प्लान्टको काम भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए ।   तानसेनस्थित पाल्पा अस्पतालमा अक्सिजन प्लान्टका लागि १ करोड ५० लाख तथा सघन उपचार केन्द्र कक्ष र भेन्टिलेटरका लागि ३ करोड बजेट अर्थ मन्त्रालयबाट सुनिश्चित भएपछि ठेक्का लागेको थियो । अक्सिजन प्लान्ट राख्ने ठाउँ नहुँदा समय लागेको हो । अहिले अक्सिजन प्लान्ट राख्ने भवन निर्माण पूरा भएको छ । भवन निर्माण र अक्सिजन उत्पादन गर्ने मेसिन उद्यारोमा खरीद गरी सञ्चालन गर्न लागिएको अध्यक्ष पाण्डेयले बताए । जिल्लामा निषेधाज्ञा फितलो भएसँगै कोरोना संक्रमणको दर उच्च हुँदै गएको छ । अक्सिजन प्लान्ट जडानका लागि विद्युत्लगायत अन्य साम्रगी प्राप्त भएमा एक हप्तामै अक्सिजन उत्पादन कार्य शुरू हुने प्राविधिक देवेन्द्र श्रेष्ठले बताए । पाल्पामा पहिला पहिला अक्सिजन अभाव भएपछि बुटबल तथा चितवनसम्म जानुपर्ने बाध्यता रहेको थियो । अक्सिजन प्राप्तिका निम्ति सर्वसाधारण नागरिकले बिरामीको उपचारमा सास्ती खेपेका थिए । पाल्पा अस्पताललगायत अन्य अस्पतालमा उत्पादित अक्सिजनले पाल्पामा अब अक्सिजनको अभाव नहुने अस्पतालका मेसु जगदीश कँुवरले बताए । रासस

अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा

पाल्पा– पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य अन्तिम चरणमा पुगेको छ । अक्सिजन प्लान्ट राख्नका लागि आवश्यक उपकरणसहित प्रक्रिया अगाडि बढाइएको छ । अर्थ मन्त्रालयमार्फत गत जेठ ४ गते अक्सिजन प्लान्ट सञ्चालनका निम्ति रु एक करोड ५० लाख बजेट स्वीकृत भएको थियो । स्वीकृत बजेट अझैसम्म प्राप्त नहुँदै प्लान्टको काम भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष […]

मेसिन राख्ने ठाउँ नहुँदा अक्सिजन प्लान्ट संचालनमा आएन

पाल्पा । पाल्पामा मेसिन राख्ने भवन नहुँदा अक्सिजन प्लान्ट संचालनमा आउन सकेको छैन । गत जेठ चार गते नै एक करोड ५० लाख रुपैयाँमा सामग्रीहरु खरिद गरिएपनि अक्सिजन प्लान्ट संंचालनमा आउन नसकेको हो । अक्सिजन उत्पादन गर्ने मेसिन राख्ने स्थल बनाउन रकम अभाव हुँदा अक्सिजन प्लान्ट संचालन गर्न ढिलाई भएको पाल्पा अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट […]

अक्सिजन प्लान्ट स्थापना गर्न पत्रकार महासंघ गुल्मीद्वारा ६० लाख प्रदान

गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि पत्रकार महासंघ गुल्मीले गुल्मी अस्पताललाई ६० लाख प्रदान गरेको छ । सोमबार गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेय र मेसु डाक्टर उत्तम पच्यालाई...

पाल्पामा अक्सिजन प्लान्टका लागि बजेट स्वीकृत

राँझा, ५ जेठ: पाल्पामा अक्सिजन प्लान्ट निर्माणका लागि बजेट स्वीकृत भएको छ । पूर्व भूमिसुधारमन्त्री दलबहादुर रानाको पहलमा गृह जिल्ला पाल्पामा अक्सिजन प्लान्ट निर्माण गर्न तत्कालका निम्ति रु एक करोड ५० लाख स्वीकृत भएको हो । जिल्ला समन्वय समिति र कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले जिल्लामा कोरोना सङ्क्रमण दर बढ्दो क्रममा रहेकाले जिल्ला अस्पतालमा प्लान्ट […]

गुल्मी अस्पतालमा आईसीयू कक्ष र अक्सिजन प्लान्ट स्थापनाको लागि एक करोड निकासा

अर्थ मन्त्रालयले गुल्मी जिल्ला अस्पतालमा आइसीयु कक्ष स्थापना गर्न र अक्सिजन प्लान्ट स्थापना गर्न एक करोड रुपैया दिने निर्णय गरेको छ । परराष्ट्र मन्त्री एवं गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीको विशेष पहलमा अर्थ मन्त्रालयले सो रकम निकासा गरेको हो ।  स्वास्थ्य मन्त्रालयको सिफारिशमा अर्थले एक करोड रुपैया निकासा गरेको हो । आइसीयु कक्ष नहुदा गुल्मीका सिकिस्त विरामीलाई पाल्पाको तानसेन, रुपन्देहीको बुटवल र काठमाडौं सम्म रिफर गर्ने गरिएको छ ।  कोभिड महामारीका कारण गुल्मीमा ९ सय भन्दा बढी संक्रमित रहेको र ...