काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको गतिविधिबारे प्रश्न उठाएका छन्। बिहीबार पार्टी पुनर्गठन दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिको पछिल्लो गतिविधिले सोच्न बाध्य भएको बताएका हुन्। अध्यक्ष नेपालले भने, ‘राष्ट्रपतिका बारेमा पनि कुरा आइरहेका छन्। राष्ट्रपतिले जुन ढंगले आर्मीका पूर्वप्रमुखहरूलाई बोलाएर राष्ट्रपति निवासमा भोज दिने काम भयो यसले शंका जन्मायो। के गर्न खोजेकी छन् राष्ट्रपतिले। भोलि कतै अनिष्ट त