वैशाख १४, काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले ७० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि वैशाख २१ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ ।
बुक क्लोजको आधारमा वैशाख २० गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद निष्कासनको मिति भने तय गरेको छैन ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डले चैत ८ गते कम्पनीलाई हकप्रद शेयर निष्कासनको अनुमति दिइसकेको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलले बाँकी तयारी पूरा गरी जतिसक्दो छिटो कम्पनीको हकप्रद शेयर निष्कासनको मिति तय गरिने जानकारी दिएको छ ।
कम्पनीले १ बराबर शून्य दशमलव ७० अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो ।
कम्पनीले रू. १०० अंकित दरको रू. ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।